+
+

ऋषिकेशलाई माओवादीले भन्यो- नैतिकताको आधारमा मार्गप्रशस्त गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते २०:२१

८ माघ, काठमाडौं । माओवादीका सांसदहरूले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् ।

मंगलबार लेखा समितिको बैठकमै समिति सदस्यहरू लेखनाथ दाहाल र अमनलाल मोदीले सभापति पोखरेलको राजीनामा माग गरेका हुन् ।

‘सभापतिले प्रतिपक्षीको नेतृत्व हुनका लागि मार्गप्रशस्त गर्न आवश्यक छ,’ उनले भने ।

अर्का सांसद मोदीले पनि नैतिकता देखाउन आग्रह गरे ।

‘म तपाईंको परिवार जोडिएको कुरा गर्दिनँ । तर तपाईंको पीएको कुरा आयो । यो विषय छ,’ सांसद मोदीले भने, ‘लेखा समिति सभापति प्रतिपक्षीको हुनुपर्छ । यसकारण नैतिकताको आधारमा मार्गप्रशस्त गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?