+
+

प्रहरी नियन्त्रणमा रहेका नायजेरियन नागरिक सिन्धुलीबाट फरार

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ८ गते २२:१२
सांकेतिक तस्बिर

८ माघ, काठमाडौं । नेपाल प्रहरीको नियन्त्रणमा रहेका एक जना नाइजेरियन नागरिक फरार भएका छन् ।

अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट प्रहरीले हिजो (सोमबार) साँझ पक्राउ गरेको थियो ।

फुटबल खेलमा सहभागी भएको अवस्थामा फेला पारी पक्राउ परेका ती व्यक्ति को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा शाखा कालिकास्थान काठमाडौंका लागि ल्याईंदै गरेको अवस्थामा फरार भएका हुन् ।

प्रहरीका अनुसार उनी मंगलबार साँझ लगभग ६ बजेको समयमा सिन्धुलीको खुर्कोट आसपासबाट शौचालय गराउने क्रममा हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको हुलिया कालो ज्योक, कालो ट्राृजर, कपाल छोटो (कर्ली), कालो वर्णका अन्दाजी २५ वर्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?