+
+

तराईमा हुस्सु, सुदूरपश्चिम, कर्णाली र गण्डकीमा हिमपातको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते ७:४०

९ माघ, काठमाडौं । आज तराई र उपत्यकाका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशकाका साथै गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सदूरपश्चिमका हिमाली क्षेत्रका केही ठाउँमा आज दिउँसो नै हिमपातको सम्भावना रहेको छ भने गण्डकीमा एक/दुई ठाउँमा राति हिमापात हुने सम्भावना छ ।

बाँकी मधेश, कोशी, लुम्बिनी र बागमती प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?