+
+

प्रहरी भन्दै इमेलबाट धम्की, अनुसन्धान गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते ९:३०

९ माघ, काठमाडौं । नक्कली प्रहरी बनेर धम्की र चेतावनी दिने क्रम बढेको छ । प्रहरी संगठनकै दुरुपयोग गरेर केही व्यक्तिले धम्क्याउने गरेको गुनासो आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका विभिन्न कार्यालय र वरिष्ठ अधिकारीहरूकै नाम र दर्जा प्रयोग गरेर धम्की आउने गरेको गुनासो नागरिकबाट आएको प्रहरीले जनाएको छ ।

ती व्यक्तिहरुले प्रहरीको नामबाट नागरिकहरूलाई चेतावनीसहित इमेलबाट धम्क्याउने गरेको पाइएको प्रहरी प्रधान कार्यालयको भनाइ छ । यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रहरीले प्राप्त इमेलहरुको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रधान कार्यालयले सार्वजनिक अपिल गर्दै त्यस्ता धम्कीपूर्ण इमेल आएमा कुनै प्रतिक्रिया नदिन र विश्वास नगर्ने भनेको छ । त्यस्ता इमेलकाबारे थप जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?