+
+

संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १२:१४

९ पुस, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा छलफल गर्न भनेर आज बस्ने भनिएको संसदको राज्यव्यवस्था समितिको बैठक स्थगित भएको छ ।

बैठक आज दिउँसो एक बजे बस्ने तय भएको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई छलफलका लागि बोलाइएको थियो । तर मन्त्री उपत्यका बाहिर भएकाले बैठक स्थगित गरिएको हो ।

अब भोलि बिहान साढे ११ बजे बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?