
क्यालिफोर्निया । नेपाल अमेरिका एकता समाजको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् ।
क्यालिफोर्नियाको लस एन्जल्समा सक्रिय समाजको साधारण सभाबाट पौडेल अध्यक्षमा चयन भएका हुन् ।
नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा राजेश निरौला, उपाध्यक्षमा रमेश श्रेष्ठ, महासचिवमा अजितबाबु घिमिरे, सचिवमा डा. दिलासा न्यौपाने र कोषाध्यक्षमा अमित महतो चयन भएका छन् ।
यस्तै सदस्यहरूमा उत्तम थापा, महेन्द्र मगर, भूमिराज कँडेल, हरिश पौडेल र लोकराज पडाल चयन भएका छन् ।
संस्थाका अध्यक्ष रोशन अधिकारीको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन महावाणिज्यदूत ऋषि पुनाखर ढकालले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4