+
+

मुस्ताङ लैजान लागिएको ऊँटलाई उद्धार गरी भारत फिर्ता पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १६:०६

काठमाडौं । गह्रौं भारी बोकाएर हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ लैजाँदै गरेको ऊँटको उद्धार गरी भारत पठाइने तयारी भएको छ । पोखराको लेखनाथमा एउटा ऊँटलाई गह्रौं भारी बोकाएर पहेंलो बस्त्र लगाएका दुई व्यक्तिले मुक्तिनाथ लैजाने तयारी गरिरहेको विषयमा मंगलबार अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।

केही दिनअघि पोखराको लेखनाथमा देखिएको ऊँटलाई एनिमल नेपाल, एनिमल लभर्स ग्रुप र प्रहरीले खोजी गरिरहेको थियो । मंगलबार बेलुकी ५ बजेतिर कास्की र तनहुँ जिल्लाको सिमाना कोत्रेमा एनिमल नेपाल र प्रहरी टोलीले ऊँट फेला पारेको हो ।

त्यहाँबाट ऊँटलाई इलाका प्रहरी कार्यालय खैरेनीटारले राखेको थियो । बुधबार भने ऊँटलाई भारत फर्काइएको एनिमल नेपालका सुपरभाइजर देवराज उपाध्यायले बताए ।

‘आज तनहुँ बेलचौतारा इलाका प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आएपछि मात्र त्यसलाई फिर्ता पठाउन मिल्छ भनेपछि हामीले दमौली जिल्ला प्रशासन कार्यालय पुगेर ऊँटलाई भारी नबोकाई भारत फिर्ता पठाउन सिफारिस बनाइदिन अनुरोध गर्‍यौं,’ उनले भने ।

 जिल्ला प्रशासन कार्यालयको सिफारिसपछि बुधबार २ बजे ऊँटलाई भारत फिर्ता पठाइएको छ। ऊँटलाई बेलचौताराबाट दमौली, मुग्लिङ, नारायणघाट, हेटौंडा र रक्सौल हुँदै भारत पुर्‍याइने उपाध्यायले जानकारी दिए ।

एनिमल लभर्स ग्रुपकी विना बज्राचार्यका अनुसार सो ऊँटलाई हिंडाएर नै भारत लैजाने तयारी भएको छ ।

‘ऊँटले हिंडेर धेरै लामो यात्रा गरेको भएर ऊँट मालिकलाई ट्रकमा फिर्ता लैजान अनुरोध गरेका थियौं । तर ऊँटलाई गाडीमा यात्रा गर्न झन् अप्ठेरो हुने भएकाले हिंडाएर नै भारत लैजाने निर्णय भएको हो,  ’ बज्राचार्यले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?