+
+

भ्यानिटी भ्यानको व्यवसायमा प्रदीप खड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १६:१६

काठमाडौं । अभिनेता प्रदीप खड्का पछिल्लो समय फिल्मसँगै अन्य व्यवसायमा पनि सक्रिय छन् । केही महिनाअघि नक्सालमा उनले आफ्नै लगानीमा प्याराडाइज नामक रेस्टुरेन्ट संचालनमा ल्याए ।

यसबाहेक खड्काले थप दुई ब्यवसाय पनि सुरु गरेका छन् । लाइभ इभेन्ट एण्ड इन्टरटेनमेन्ट भनिने लिभेन्ज नामक उनको स्टुडियोले आर्टिस्ट र इभेन्ट व्यवस्थापनसहित अन्तर्राष्ट्रिय वितरण पनि गर्छ ।

प्रदीपले अभिनय गरेको पछिल्लो फिल्म ‘एक्टर’को अमेरिका र क्यानडाको वितरण अधिकार पनि लिभेन्ज नै लिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणको बजार बुझ्न यो कार्यले सघाउ पुग्ने उनको भनाइ छ ।

यसबाहेक, प्रदीपले नेपालमा भ्यानिटी भ्यानको व्यवसाय पनि थालेका छन् । उनले ल्याएको भ्यानिटी भ्यानको माग अहिले निकै छ । देशी विदेशी फिल्मको छायांकन होस् या सांगीतिक कन्सर्टमा उनको भ्यानको माग बढ्दो छ ।

सोनु निगमले क्रिसमसको काठमाडौं कन्सर्टमा यही भ्यान प्रयोग गरे । जुबिन नौटियाले हुन लागेको काठमाडौं कन्सर्टमा यही भ्यान बुक गरेका छन् । हालै नेपालमा छायांकन भएको एक चिनियाँ फिल्मले पनि खड्काकै भ्यान प्रयोग गरेको थियो । यसबाहेक, अन्य इभेन्टको लागि पनि माग भएको उनले जनाए ।

आफ्नो भ्यानिटी भ्यानभित्र मेकअप गर्दै प्रदीप र भित्रको दृश्य ।

‘नेपाली फिल्म प्राविधिकरुपमा स्तरीय भयो । क्यामेरा, लेन्स र पोस्ट प्रोडक्सनको कुरामा राम्रो भयो । तर, आर्टिस्टलाई जरुरी पर्ने आधारभूत पर्ने कुरामा कहिल्यै पनि फोकस भएन’ प्रदीप भन्छन्, ‘कहिल्यै पनि रियलाइज भएन । आर्टिस्टलाई मात्र त्यो पीडा थाहा हुन्छ । त्यो कुरा मैले बुझेर भ्यानिटी भ्यानको बिजनेस स्टार्ट गरेको छु ।’

उनले अघि भने, ‘नेपालमा कुनै पनि कलाकारले लुगा फेर्छु भन्दा तन्ना बेरेर लुगा फेर्नुपर्ने अवस्था छ । नेपाल धेरै संख्यामा फिल्म बन्ने देश हो । तर, यहाँ लुगा फेर्न रेस्टुरेन्ट वा ट्वाइलेटमा छिर्नुपर्छ । यो मैले भोगेको कुरा हो, अरुलाई महसुस नभएको हुनसक्छ । यो चीज प्रयास गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?