+

एन्फा महिला लिग : प्लेअफअघि एपीएफको शतप्रतिशत जित

२०८१ माघ  ९ गते १७:३२ २०८१ माघ ९ गते १७:३२
एन्फा महिला लिग : प्लेअफअघि एपीएफको शतप्रतिशत जित

९ माघ, काठमाडौं । एन्फा महिला राष्ट्रिय लिगअन्तर्गत सुपर लिगमा एपीएफले शतप्रतिशत जित हासिल गरेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफले सबै आठवटै खेलमा जित दर्ता गर्न सफल रह्‍यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपीएफले आर्मीलाई २-१ गोलअन्तरले हराएको हो । एपीएफको जितमा रश्मी कुमारी घिसिङ र कप्तान अनिता बस्नेतले एक-एक गोल गरे । आर्मीका लागि अमिशा कार्कीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २३औं मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । ३८औं मिनेटमा अनिताले गोल गर्दै पहिलो हाफमै टोलीलाई २-० ले अगाडि राखिन् । ८३औं मिनेटमा अमिशाले गरेको गोल आर्मीका लागि सान्त्वना बन्यो ।

अब हुने पहिलो क्वालिफायरको खेलमा पनि एपीएफ र आर्मी नै खेल्ने छन् ।

एन्फा महिला राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय