+
+

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा ३ पक्राउ

अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बूले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १७:४६

९ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० वर्षीय समुन्द्र अधिकारी, चितवनको राप्ती नगरपालिका–१२ का ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ कि ३० वर्षीया सुमन्ता लिम्बू छिन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बुले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?