+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १७:४०

९ माघ, काठमाडौं । बुधबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३४.८ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब २५ करोड रुपैयाँको खरिद भएको छ भने ३ अर्ब १५ करोड रुपैयाँको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीको खरिद रकम बढी हुँदा पनि बिक्री बढी देखिने कम्पनी संख्या धेरै छ । टप १० मध्ये ३ ब्रोकरमार्फत खरिद धेरै हुँदा ७ मार्फत बिक्री धेरै भएको छ ।

भिजन, सनी र डायनामिकमार्फत खरिद धेरै भएको छ भने नासा, अनलाइन, इम्पेरियल, एबीसी, आर्यतारा, दिपशिखा र क्यापिटलमार्फत बिक्री धेरै भएको छ ।

टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, सानिमा मिडिल तमोर, हिमालयन रिइन्स्योरेन्स, निफ्रा, सोल्टी होटल, रसुवागढी हाइड्रोपावर लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?