+
+

गोठाटारको बालुवाखानीमा एक पुरुष मृत फेला

कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बालुवाखानीमा एक पुरुषको शव भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १७:५३

९ माघ, काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बालुवाखानीमा एक पुरुषको शव भेटिएको छ ।

बालुवाखानीस्थित खाली जग्गामा पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । अन्दाजी ३० वर्ष जतिका ती पुरुष बुधबार मृत फेला परेका हुन् ।

मृत भेटिएका पुरुषको सनाखत समेत हुन सकेको छैन । नामथर यकिन हुन बाँकी नै रहेकाले थप अनुसन्धानको काम समेत अघि बढ्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?