
९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी)को संख्या ४२५ पुर्याउन माग गर्दै गृह मन्त्रालयमा योजना पेश गरेको छ ।
सीमा सुरक्षालाई थप मजबुद बनाउन सीमालक्षित कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी हेडक्वार्टरले ४२५ बीओपीको कार्ययोजना गृहमा पेश गरेको हो । भारततर्फका सीमानाकामा २४४ र चीनतर्फका सीमानाकामा १० गरी अहिले सशस्त्रका २५४ बोर्डर आउट पोस्ट छन् ।
यसलाई बढाउँदै ४२५ बीओपीको संख्या पुर्याउनुपर्ने माग गर्दै मन्त्रालयमा योजना पेश गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । जसमध्ये अहिले ८ वटा बीओपी स्थापना हुने क्रममा रहेका छन् ।
यता, २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र हेडक्वार्टरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले बीओपीको संख्या थप गर्दै सीमा सुरक्षा गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताएका थिए ।
सीमा सुरक्षाकै लागि भन्दै सशस्त्र प्रहरीले ४५ वटा स्थानमा प्रस्तावित सीमा सुरक्षा गुल्मको स्थापना गरेको छ । त्यसैगरी, सीमावर्ती जिल्लामा सूचना संयन्त्र मजबुद बनाउन इन्टर अफिसर परिचालनसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा जडित सीसीक्यामेराको संख्या पनि थप गर्दै लगिने कार्ययोजना रहेको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ ।
प्रतिक्रिया 4