+
+

गढीमाई बाहिनीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’

२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार गढीमाई बाहिनीलाई उत्कृष्ट घोषित गर्दै बाहिनीपति डीआईजी गणेश ठाडामगरलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १८:४४

९ माघ, काठमाडौं । सशस्त्र प्रहरीका ८ वटा बाहिनीहरूलाई पछि पार्दै सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर उत्कृष्ट भएको छ ।

२४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार गढीमाई बाहिनीलाई उत्कृष्ट घोषित गर्दै बाहिनीपति डीआईजी गणेश ठाडामगरलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरिएको छ ।

गृहमन्त्री रमेश लेखक र सशस्त्र आईजी राजु अर्यालले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरेका थिए ।

यसअघि २०७८ सालमा ठाडामगरले नै नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई उक्त अवार्ड दिलाएका थिए । उनी बाहिनीपति भएको बेला छिन्नमस्ता उत्कृष्ट बाहिनी घोषित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?