+
+

यस्तो देखियो ‘केटी हराएको सूचना’को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १९:३८
‘केटी हराएको सूचनाको प्रिमियरमा बायाँबाट निर्देशक दीपेन्द्र गौचन, अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेन ।

काठमाडौं । सृष्टि श्रेष्ठ र नाजिर हुसेन स्टारर फिल्म ‘केटी हराएको सूचना’लाई बुधबार बेलुका प्रिमियर गरिएको छ । क्यूएफएक्सको ललितपुर लाबिम मलस्थित हलमा आयोजित समारोहमा फिल्मकर्मीको बाक्लो उपस्थिती रह्यो ।

निर्माता नकिम उद्दिन, निर्देशक दीपेन्द्र गौचनसहितका फिल्मका कलाकार र प्राविधिक प्रिमियरमा सहभागि रहे । रातो स्लिभलेसमा सृष्टि आकर्षक देखिएकी थिइन् । नाजिर पनि कालो र रातो मिश्रित रङको पहिरनमा प्रस्तुत भए ।

प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित पाका फिल्ममेकरहरू अशोक शर्मा, छवि ओझा पनि देखिए । कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी, मिरुना मगर, प्रियंका कार्की, आयुष्मान जोशी, दीया मास्के, मेनुका प्रधान पनि सहभागि रहे ।

ट्राई सिटी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । क्यूएफएक्स तथा एप्पल इन्टरटेनमेन्टका प्रमुख उद्दिनले निर्माण गरेको फिल्मले ट्रेलर र गीतमार्फत दर्शकीय आकर्षण प्राप्त गरेको छ । क्यूएफएक्ससहितका हलले फिल्मको एड्भान्स टिकट विक्री थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?