१० माघ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले फराकिलो जित हासिल गरेको छ । रियलले आरबी साल्जबर्गलाई ५-१ गोलअन्तरले हराएको हो ।
रियलको जितमा रोड्रिगो र भिनिसियस जुनियरले २-२ गोल गर्दा किलियन एमबाप्पेले १ गोल गरे । साल्जबर्गका माड्स बिस्ट्रपले गरेको गोल सान्त्वना बन्यो ।
रोड्रिगोले खेलको २३औं र ३४औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा एमबापेले गोल गरे ।
५५औं र ७७औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ५-० ले अघि बढाए । ८५औं मिनेटमा बिस्ट्रपले सान्त्वना गोल गरे ।
गएराति नै भएको अर्को खेलमा डच क्लब फेयनोर्डले जर्मन क्लब बायर्न म्युनिखलाई स्तब्ध पारेको छ । फेयनोर्डले बायर्नलाई ३-० ले हराएको हो ।
फेयनोर्डको जितमा सान्टियागो जिमेनेजले २ गोल गर्दा अयासे उएडाले १ गोल गरे । जिमेनेजले २१औं मिनेटमा र इन्जुरी समयमा गोल गरेका थिए भने उएडाले ८९औं मिनेटमा गोल गर्दै ३-० को जित पक्का गरे ।
गएराति नै भएका अन्य खेलमा आर्सनलले डिनामो जाग्रेबलाई ३-० ले, इन्टर मिलानले स्पार्टा प्राहालाई १-० ले तथा एसी मिलानले जिरोनालाई १-० ले हराए ।
प्रतिक्रिया 4