+
+

७ पोखरेली ब्याण्ड एउटै स्टेजमा गुञ्जिने, डिमर्चाको पुनरागमन तय

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १३:०९
कन्दरा ब्याण्ड नयाँ लाइनअपसहित ।

काठमाडौं । सन् १९९० को दशकका ७ चर्चित पोखरेली ब्याण्ड एउटै स्टेजमा गुञ्जिने भएका छन् । ‘ब्याक टु नाइन्टिज : विरासतलाई फर्केर हेर्दा’ नामक कन्सर्ट पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ ।

माघ २६ मा पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानले संयुक्तरुपमा कार्यक्रम गर्न लागेका हुन् । रोचक के छ भने, यो कन्सर्टमार्फत ७ वर्षपछि डिमर्चा ब्याण्डको पुनरागमन हुँदैछ ।

९० को दशकको हिट पोखरेली ब्याण्डहरू कन्दरा, मध्यान्ह, लेकाली, डिमर्चा, ब्रोसिस, देउराली, भेगा बनले प्रस्तुति दिने तय भएको छ । अर्को चर्चित ब्याण्ड नेपथ्यलाई अप्रोच गरिएको तर, वर्ल्ड टूरको कारण नेपथ्य सहभागि नहुने जनाइएको छ ।

‘पोखरालाई संगीतको राजधानी भनिन्थ्यो । पछिल्लो समय सुस्ताएको पनि थियो । त्यो बेलाको संगीतलाई अहिलेको पुस्तामाझ पुर्‍याउनु र पुस्ता हस्तान्तरण गर्नु मुख्य उद्देश्य हो’ आयोेजक संस्था पोखरा संगीत कलाकार संघका सचिव भाष्करध्वज श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसलाई संगीत र कलाकारप्रतिको सम्मानको रुपमा पनि लिएका छौं ।’

श्रेष्ठ कमब्याक तयारीमा रहेको ब्याण्ड डिमर्चाका लिड भोकलिस्ट पनि हुन् । उनले आफूहरूको लागि पनि यो महत्वपूर्ण प्लाटफर्म र अवसर हुने बताए । नयाँ लाइनअपसहित ब्याण्ड फर्किन लागेको उनले बताए ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले पनि यो कार्यक्रमलाई सफल बनाउनको लागि हातेमालो गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?