
१० माछ, हुम्ला । सिमकोट विमानस्थलमा पसेको बजार क्षेत्रको ढल व्यवस्थापन गरिएको छ । दुई दिनपछि विमानस्थलमा पसेको ढलको व्यवस्थापना गरिएको हो ।
बजार क्षेत्रको ढल पस्दा विमानस्थलमा समस्या भएको समाचार प्रकाशित भएसँगै हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा जिल्लास्थित सरोकारवाला निकायाहरुसँग छलफल भएको थियो ।
उक्त बैठकको निर्णय अनुसार बिहीबार बिहानै बजार क्षेत्र र सिमकोट विमानस्थलको नालाहरुको फोहोर व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल प्रहरी, सिमकोट गाउँपालिका, जिल्लास्थित राजनीतिक दल, उद्योघ वाणिज्यसंघ, होटल व्यवसायी मिलेर बिहान बजार क्षेत्र र विमानस्थलको फोहोर व्यवस्थापन गरेको उनले बताए ।
‘सिमकोट बजारलाई सुन्दर र शान्त बनाउनु हामी सबै नागरिकहरुको दायित्व हो’, फोहोर व्यवस्थापन गरिएको जानकारी दिंदै उनले प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने । बजार क्षेत्रमा जताभावी फोहोर फाल्ने जो कसैलाई पनि कारबाही हुनेसमेत उनले बताए ।
विमानस्थल क्षेत्रको सरसफाइ भएपछि धेरै सहज भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिहंले बताए ।
बजार क्षेत्रका होटल पसल लगायतबाट खाद्य वस्तु, प्लाटिक जन्य वस्तु नालाहरुका फाल्ने गरेपछि सिमकोट बजार क्षेत्रको ढल विमानस्थलसम्म पुगेको थियो ।
प्रतिक्रिया 4