
काठमाडौं । निर्देशक तथा निर्माता तुलसी घिमिरेले आगामी फिल्म ‘पहाड’मा कलाकारको अन्तिम लाइनअप सार्वजनिक गरेका छन् । विहिबार विज्ञप्ति जारी गर्दै घिमिरेले दुई अतिथि भूमिकासहित ८ शीर्ष कलाकार टुंग्याएका हुन् ।
शीर्ष कलाकारतर्फ मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, अरुण क्षेत्री, हिउँवाला गौतम, अरुण रेग्मी, रेणुनाथ योगी र पञ्चमी घिमिरे छन् । निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीको डेब्यु हुनेछ ।
पञ्चमी अहिले अमेरिकाबाट फर्किएर नृत्य अभ्यासमा ब्यस्त छिन् । विज्ञप्तिअनुसार शिव श्रेष्ठ र प्रियंका कार्की केमियो रोलका लागि अनुबन्धित भएका छन् । ‘शिव र प्रियंकाजी गेस्ट रोलका लागि अनुबन्धित हुनुभएको छ’ उनले भने ।
माघ २२ गतेदेखि गोरखाबाट छायांकन हुने तयारीमा रहेको यो सोसल ड्रामा फिल्ममा रञ्जित गजमेरको संगीत हुनेछ । रिम्पोछे लामा, थिङ एन्ड सुरेश र लामा थिङ सहनिर्माता हुनेछन् । क्रिएटिभ डिरेक्टरमा भारती घिमिरे हुनेछिन् । फिल्मको नेपाल वितरकमा ब्यांकटेस इन्टरटेनमेन्ट र अन्तर्राष्ट्रिय वितरकमा सेभेन सिज इन्टरन्यासनल हुनेछ ।
यो फिल्मले युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रित्तिन्छ र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु चित्रण गर्नेछ ।
प्रतिक्रिया 4