+

गर्भावस्थामा कब्जियत भयो, के छ घरेलु उपचार ?

२०८१ माघ  १० गते १४:३४ २०८१ माघ १० गते १४:३४
गर्भावस्थामा कब्जियत भयो, के छ घरेलु उपचार ?

गर्भावस्थाका कति महिला भनिरहेका हुन्छन्, ‘मलाई कब्जियत भयो, के गर्ने होला ?’

गर्भावस्थामा कब्जियत हुनु आम समस्या हो । तर, यसले गर्दा शारीरिक मात्र होइन मानसिक तनाव पनि झेल्नुपर्छ । त्यसैले यसबाट कसरी बच्ने वा छुटकारा पाउने ? जान्न जरुरी छ ।

खासगरी गर्भावस्थामा हर्मोनल परिवर्तन र पानीको कमीले कब्जियत हुनसक्छ । यस समस्याबाट छुटकारा पाउन घरेलु उपचार पनि प्रभावकारी मानिन्छ ।

गर्भावस्थामा शरीरमा प्रोजेस्टेरोन हर्मोनको स्तर बढ्न थाल्छ । जसकारण आन्द्रा लगायत शरीरका मांसपेशीहरूमा ऐठन पर्न थाल्छ । यस्तो अवस्थामा आन्द्राले राम्रोसँग काम गर्न नसक्दा पाचन प्रक्रिया सुस्त हुन थाल्छ ।  गर्भावस्थामा चार गर्भवती महिला मध्ये लगभग तीन जनाले कब्जियत र आन्द्रा सम्बन्धी समस्या अनुभव गर्छन् ।

बच्चाको वृद्धिसँगै पाठेघरमा दबाव बढ्छ । यसले शरीरमा ब्लोटिंग (पेट फुल्ने र ढुस्स अनुभव हुने) बढ्न थाल्छ । त्यही कारण शरीरले कब्जियतको सामना गर्नुपर्ने हुन्छ ।

यस बाहेक शरीरको तौल बढ्नाले शरीरको लचकता कम भई कब्जियत हुन्छ । यसका लागि शरीरलाई हाइड्रेटेड राख्ने र आहारमा प्रशस्त मात्रामा फाइबर समावेश गर्नुपर्छ । साथै लामो समयसम्म एकै ठाउँमा बस्ने र उँभिने काम गर्नु हुँदैन ।

फाइबरयुक्त खाना खाने

गर्भवतीहरूलाई एक दिनमा २५ देखि ३० ग्राम फाइबर लिन सल्लाह दिइन्छ । मौसमी फलफूल र सागसब्जी बाहेक यसमा अन्न, दाल र बदाम पनि समावेश गर्नुपर्छ । फाइबर बाहेक एन्टिअक्सिडेन्ट पनि चाहिन्छ जसले शरीरमा बढ्दो अक्सिडेटिभ तनावबाट राहत दिन्छ ।

त्यसैले दैनिक आहारमा फाइबर र एन्टिअक्डिेन्ट युक्त खानेकुुरा समावेश गर्नुपर्छ ।

प्रशस्त पानी पिउने

विशेषगरी जाडो मौसममा डिहाइड्रेसनको समस्या देखिने गर्छ । यस्तो अवस्थामा गर्भवती महिलाले दिनमा ८ देखि १० गिलास पानी पिउनुपर्छ । पानीको साथै प्रशस्त फलफूल खानुपर्छ । आफ्नो आहारमा सूप र स्मूदी पनि समावेश गर्न सकिन्छ ।

यसबाट शरीरमा डिहाइड्रेसन बढ्ने समस्याबाट बच्न सकिन्छ र कब्जियतको समस्या पनि कम हुन्छ ।

एकै पटक धेरै खाना नखाने

गर्भवती अवस्थामा धेरै खानेकुरा एकै पटक खानु हुँदैन । एकैपटक धेरै खानाले पाचन प्रक्रियालाई ढिलो बनाउन सक्छ । धेरै मात्रामा तिन पटक खाना खाइन्छ भने खानाको मात्रा थोरै गरेर ६ पटक खान सकिन्छ । यसो गर्दा पेटमा हुने ग्यास, अपच र पेट फुल्ने समस्यालाई कम गर्न सकिन्छ ।

आहारमा प्रोबायोटिक्स समावेश गर्ने

गर्भवती महिलाले आफ्नो आहारमा दही र यसका उत्पादनहरू समावेश गरेमा पाचन प्रणाली सक्रिय रहन्छ । आन्द्रामा राम्रो ब्याक्टेरियाको मात्रा बढ्न थाल्छ । प्रोबायोटिक्सको सहयोगले खानालाई टुक्राउन मद्दत गर्छ, जसका कारण पाचन प्रणाली ठीक रहन्छ र कब्जियतको समस्याबाट राहत मिल्छ ।

शारीरिक गतिविधि आवश्यक

लामो समयसम्म आराम गर्दा शरीरको लचकता कम हुन्छ । यस्तो अवस्थामा कब्जियतको समस्या बढ्छ । यसबाट बच्नको लागि शरीरको सक्रियता कायम राख्नु आवश्यक हुन्छ । शारीरिक गतिविधिले ढाड र कम्मरमा हुने दुखाइबाट पनि बच्न सकिन्छ ।

योग महत्त्वपूर्ण

योग गर्भवती महिलाहरूको लागि धेरै तरिकामा लाभदायक साबित हुन्छ । यसले शरीरलाई तन्दुरुस्त र तनावमुक्त राख्छ । गर्भावस्थामा बढ्ने दुखाइ पनि कम हुन थाल्छ । गर्भावस्थामा गरिने योग अभ्यास, ध्यान एवं प्राणायामले मानसिक रुपमा शान्त र सन्तुलित राख्न मद्दत गर्छ । अनावश्यक तनाव, भयबाट पनि मुक्त राख्छ ।

 

कब्जियत गर्भावस्था
डा. सचिनकुमार यादव
लेखक
डा. सचिनकुमार यादव
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. यादव हाल प्रादेशिक अस्पताल मलंगवामा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १०२८८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा कब्जियत भयो, के छ घरेलु उपचार ?

गर्भावस्थामा कब्जियत भयो, के छ घरेलु उपचार ?

अस्थायी गर्भनिरोधक साधनले निःसन्तानको जोखिम गराउँछ ?

अस्थायी गर्भनिरोधक साधनले निःसन्तानको जोखिम गराउँछ ?

त्रिवि शिक्षण अस्पतालमा ५ महिनापछि पुनः स्वास्थ्य बीमा कार्यक्रम 

त्रिवि शिक्षण अस्पतालमा ५ महिनापछि पुनः स्वास्थ्य बीमा कार्यक्रम 

जाडोमा कस्तो अवस्थामा चिसो पानीले नुहाउनु हुँदैन ?

जाडोमा कस्तो अवस्थामा चिसो पानीले नुहाउनु हुँदैन ?

योनी सफा र स्वस्थ राख्ने १० प्राकृतिक तरिका

योनी सफा र स्वस्थ राख्ने १० प्राकृतिक तरिका

महिनावारी भएको कति दिनपछि गर्भ बस्छ ?

महिनावारी भएको कति दिनपछि गर्भ बस्छ ?