+

एन्फा महिला लिग : प्लेअफका खेलहरू हुने स्थान र समय फेरि परिवर्तन

२०८१ माघ  १० गते १६:३९ २०८१ माघ १० गते १६:३९
एन्फा महिला लिग : प्लेअफका खेलहरू हुने स्थान र समय फेरि परिवर्तन

१० माघ, काठमाडौं । एन्फा महिला लिग फुटबलअन्तर्गत प्लेअफका खेलहरू शुक्रबारदेखि सुरू हुँदै छन् । प्लेअफका खेलहरू हुने स्थान र समय फेरि परिवर्तन भएको छ ।

एन्फाले तेस्रोपटक खेल हुने स्थान र समय परिवर्तन गरेको हो । एन्फाले सुरुमा फाइनलसहित प्लेअफका सबै खेल दशरथ रंगशालमा गर्ने तालिका बनाएको थियो ।

तर दशरथ रंगशालमा सभापति कप फुटबल आयोजना हुने भएपछि एन्फाले तीन पटक खेल स्थल र समय परिवर्तन गरिसक्यो ।

पहिलो पटक एन्फाले एलिमिनेटर खेल एन्फा कम्प्लेक्स सातदोबाटोमै सार्दै  दुई क्‍वालिफायर र फाइनल खेल दशरथ रंगशालामा गर्ने निर्णय गरेको थियो । त्यसपछि एन्फाले दोस्रो पटक एलिमिनेटरको समय परिवर्तन गर्‍यो । अनी तेस्रो पटक फेरि स्थान र समय नै परिवर्तन  भयो । एन्फाले बिहीबार सूचना जारी गर्दै फाइनल खेल मात्र दशरथ रंगशालमा गर्ने निर्णय गरेको हो ।

नयाँ तालिका अनुसार इलिमिनेटर खेल माघ ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा पौने ३ बजेदेखि सुरू हुनेछ । त्यस्तै पहिलो क्‍वालिफायर माघ १२ गते एन्फा कम्प्लेक्समा १२ बजेदेखि सुरू हुनेछ ।

त्यसैगरी दोस्रो क्‍वालिफायर माघ १३ गते एन्फा कम्प्लेक्समा पौने ३ बजेदेखि हुनेछ भने माघ १५ गते दिउँसो २ बजेदेखि दशरथ रंगशालामा फाइनल खेल हुनेछ ।

यसअघि सुरूमा सुरूमा प्लेअफका सबै खेलहरू दशरथ रंगशालामा हुने तय थियो । दोस्रोपटक इलिमिनेटरपछिका तीन खेल दशरथमा खेलाइने निर्णय हुँदा तेस्रोपटक फाइनल मात्र दशरथमा खेलाइने निर्णय भएको हो ।

एन्फा महिला लिगको इलिमिनेटरमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब खेल्दै छन् भने पहिलो क्‍वालिफायरमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने‍ छन् ।

एलिमिनेटरको विजेता क्वालिफायर टु मा प्रवेश गर्नेछ भने पराजित टोली बाहिरिनेछ । यस्तै क्वालिफायर वानको विजेता सिधै फाइनल पुग्नेछ भने  त्यसमा पराजित हुने टोलीले क्वालिफायर टु मा फेरि खेल्ने अवसर पाउनेछ ।

एन्फा महिला राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय