+
+

ऋषिकेशका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धराैटीमा छाड्ने आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १६:५५

१० माघ, विराटनगर । जिल्ला अदालत माेरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धराैटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धराैटीमा छाड्ने आदेश दिएकाे हाे ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार पाेखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियाे । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धराैटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।

पाेखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आराेप छ ।

गत २५ पुसमा पाेखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएकाे थियाे ।

अनिल ठगी मुद्दामा जाेडिएपछि सभापति पाेखरेलले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?