+

पीएम कप महिला क्रिकेटमा आर्मीले सुदूरपश्चिमलाई हरायो

२०८१ माघ  १० गते १७:१४ २०८१ माघ १० गते १७:१४
पीएम कप महिला क्रिकेटमा आर्मीले सुदूरपश्चिमलाई हरायो

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ अन्तर्गत बिहीबारदेखि सुरू भएको सुपर फोरमा त्रिभुवन आर्मी क्लबले विजयी सुरूवात गरेको छ । बिहीबार भएको दोस्रो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हरायो ।

आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याएको सुदूरले २० ओभरमा ६ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कविता कुँवरले १६ रन बनाइन् ।

आर्मीका लागि सुस्मिता भुसालले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिइन् । सिता शाही र लक्ष्मी साउदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो । आर्मीका लागि सम्झना खड्काले अविजित ७४ रनको योगदान दिइन् ।

सुदूरका जानकी थापाले २ विकेट लिँदा आशिका महरा र रेवती धामीले १-१ विकेट लिए ।

पीएम कपको सुपर फोरमा त्रिभुवन आर्मी, बागमती प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश पुगेका छन् ।

पीएम कप महिला क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय