+
+

गतसाता युट्युवमा नेपालभित्र धेरै हेरिएका २० गीत, जसमध्ये ६ विदेशी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १७:१३
नेपाली गीत 'म त ढलेँ ढलेँ'को दृश्य (बायाँ) र अंग्रेजी गीत 'डाई विथ अ स्माइल'मा लेडी गागा ।

काठमाडौं । रिलिजको १८ हप्ता पछि पनि शान्तारानी परियारको गीत ‘म त ढलें ढलें’ धेरै सुनिने गीत बनिरहेको छ । डेटाअनुसार, यो गीत पछिल्लो साता नेपालभित्र युट्युवमा धेरै हेरिने गीत बनेको छ । धेरै हेरिएका २० गीतको शीर्ष स्थानमा यो गीत स्ट्रिमिङ छ ।

खेम सेन्चुरीले संगीत दिएको यो गीतलाई पछिल्लो ७ दिनमा २१ लाख ६९ हजार पटक हेरिएको छ । दोस्रो स्थानमा एसडी योगीको ‘रुकुम मैकोट’ छ जसलाई २० लाख ५८ हजार पटक हेरिएको छ ।

तेस्रो स्थानमा दुर्गेश थापाको शब्द र संगीत रहेको गीत ‘दुश्मन हेरेको हेर्‍यै छ, जसलाई १७ लाख ४४ हजार पटक हेरिएको छ । यो गीतमा दुर्गेशसँगै आनन्द कार्की, समिक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन् ।

एक हप्ताअघि रिलिज भएको प्रकाश सपुतको शब्द र संगीत, शान्ति श्री परियार र प्रकाशकै आवाजमा तयार भएको गीत ‘साँझ पर्‍यो झमक्क’ छ, जुन चौंथो स्थानमा छ । यो गीतलाई १६ लाख ९८ हजार पटक हेरिएको छ ।

पाँचौं स्थानमा १२ साताअघि रिलिज भएको सुशान्त केसीको शब्द, संगीत रहेको गीत ‘बार्दली’ छ । यो गीतलाई पछिल्लो साता १२ लाख ३२ हजार पटक हेरिएको छ । यो गीतमा आवाज सुशान्त र इन्द्रकला राईको छ ।

छैटौं स्थानमा भारतीय गायक हिमेश रेशामियाको गीत ‘दिल के ताज महल मे’ छ, जसलाई ११ लाख ४२ हजार पटक हेरिएको छ । सातौं स्थानमा निश्चल दवाडीको शब्द र संगीत रहेको गीत ‘कश्मिरे पछ्यौरी’ छ, पछिल्लो साता ११ लाख ३० हजार पटक हेरिएको छ । यो गीतमा बाबु कृष्ण परियार र दिपिका बयाम्बुको स्वर छ ।

आठौं स्थानमा भारतीय गायक गुर सिधुको गीत ‘मुन कलिङ’ छ, जसलाई ७ लाख ५७ हजार पटक हेरिएको छ । त्यसपछि एकदेव लिम्बुको शब्द, गायन र संगीत रहेको गीत ‘झिमझिमाउने आँखा’ छ । दशौं स्थानमा मिस्टर डीको गीत ‘आक्खा छ’ छ ।

त्यसपछि क्रमशः लिल झोलाको ‘माया जालैमा’, विदेशी गायक युङ्ग काइको गीत ‘ब्ल्यु’, सुजन चापागाईंको गीत ‘मखमली’ स्ट्रिमिङ छ । १४ औं स्थानमा जेमेसीको गीत ‘रौसी लायो’, १५ औं स्थानमा जेमेसीको अर्को गीत ‘आम्सटर्डम’, १६ औं स्थानमा अमेरिकी गायिका लेडी गागाको गीत ‘डाई विद अ स्माइल’ छ ।

त्यसपछि क्रमशः भारतीय गायक अनुभव जैनको गीत ‘जो तुम मेरे हो’ र १८ औं स्थानमा एआर रहमानको गीत ‘तेरे बिना’ छन् । १९ औं स्थानमा भेक र जेमेसीको संयुक्त गीत ‘आम्सटर्डम’ छ । पूर्ण राईको शब्द, संगीत र गायन रहेको गीत ‘स्पर्श संगीत’ २० औं स्थानमा छ । पछिल्लो साता धेरै हेरिएका २० गीतमध्ये १४ वटा नेपाली छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?