+
+

क्याम्पस हिँडेकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १७:३७

१० माघ, सप्तरी । सप्तरी प्रहरीले क्याम्पस जाँदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । जिल्लाको विष्णुपुर गाउँपालिका–१ घर भएका १९ वर्षीय युवकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

९ माघको बिहान पौने ६ बजेको समयमा विष्णुपुर गाउँपालिका–७ क्याम्पस जान लागेकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ती युवालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र कुमारले बस्नेतले जानकारी दिए ।

पीडित किशोरीको बाँया हात समेत भाँच्चिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका युवकलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?