
ती कुकुरलाई उनी स्नेहले मे सन र माई जान भनेर बोलाउँथे । माई सनको सन् २०१८ मा मृत्यु भएको थियो । यद्यपि, माई जानको बारेमा जानकारी छैन ।
यद्यपि, उनको दोस्रो पालुवा कुकुर टोरोको मृत्यु भएको छ । सुपरस्टारकी प्रेमिका भनिएकी युलिया वन्तुरले सामाजिक सञ्जालमा खबरको पुष्टि गर्दै मृत्यु भएको यो कुकुरप्रति स्नेह दर्शाएकी छन् । युलिया वन्तुरले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गरेकी छिन् जसमा उनी अभिनेताको घरपालुवा कुकुरसँग देखिएकी छिन् ।
भिडियोसँगै युलियाले लेखेकी छिन्, ‘हाम्रो जीवनमा आशीर्वाद दिएकोमा धन्यवाद, मेरो प्यारो टोरो ब्वाय । तिमी सधैं हाम्रो साथमा रहनेछौ ।’ पोस्ट गरिएको भिडियोले बिग बोसको सेटमा, जिममा र अभिनेताको पनवेल फार्महाउसमा आफ्नो कुकुर टोरोसँग सलमान खानका केही अविस्मरणीय क्षणहरू देखाउँछ ।
यसअघि, सलमानले प्रायः आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा टोरोसँग बिताएका पल सेयर गर्ने गरेका थिए । यी तस्वीरमा सलमानले आफ्ना घरपालुवा जनावरसँग गुणस्तरीय समय बिताएको देख्न सकिन्छ । उनी प्रायः टोरोलाई जिममा लैजान्थे ।
View this post on Instagram
‘टाइगर’ फेम्ड अभिनेताले एक पटक टोरोसँगको आफ्नो तस्वीर साझा गर्दै क्याप्सन लेखेका थिए, ‘सबैभन्दा मायालु, वफादार र निःस्वार्थ प्रजातिसँग समय बिताउँदै ।’
सलमान र युलिया वन्तुर केही वर्षदेखि डेटमा रहेको हल्ला चलेको थियो । तर, कसैले पनि यी अनुमानहरूको पुष्टि वा खण्डन गरेको छैनन् । युलियाले आफ्नो जन्मदिनमा सलमानका पिता सलीम खानसँगको फोटो पोस्ट गरेकी थिइन् ।
कामको कुरा गर्दा, सलमान अहिले रश्मिका मन्दानासँग प्रतिक्षित फिल्म ‘सिकन्दर’को छायांकनमा व्यस्त छन् । यो फिल्म यस वर्षको इदको अवसरमा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4