+

आहाराराको लाइभ अपडेट गर्न सहारा क्लब र अनलाइनखबरबीच सम्झौता

२०८१ माघ  १० गते १८:०० २०८१ माघ १० गते १८:००
आहाराराको लाइभ अपडेट गर्न सहारा क्लब र अनलाइनखबरबीच सम्झौता

१० माघ, पोखरा । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कप फुटबलको २४औं संस्करणमा अनलाइनखबरले अनलाइन लाइभ अपडेट गर्ने भएको छ । आयोजक सहारा क्लब र अनलाइनखबरबीच यससम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा आयोजक सहारा क्लबका अध्यक्ष केशव बराल, अनलाइनखबरका तर्फबाट र गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं आहारारा पोखरा गोल्डकपअवधिभर अनलाइनखबरले अनलाइन अपडेट गर्नेछ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै आयोजक सहारा क्लबका अध्यक्ष बरालले अनलाइनखबरसँगको सहकार्यले आहारारालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘आहारारा मोफसलकै प्रतिष्ठात फुटबल प्रतियोगिता हो र देशकै अग्रणी अनलाइ पोर्टल अनलाइनखबर डट कमसँगको सहकार्यले यो प्रतियोगिताको गरिमा र दायरा पनि फराकिलो हुने विश्वास गरेका छौं,’ अध्यक्ष बरालले भने, ‘अनलाइनखबरले गरेको अघिल्लो वर्षको लाइभ अपडेट निकै उपयोगी र प्रभावकारी बनेको थियो ।’

यसपटकको प्रतियोगितामा विदेशीसहित ३ विभागीय, ए डिभिजन र आयोजकसहित १२ टिम हुने महासचिव रामजी अधिकारीले जानकारी दिए ।

अनलाइनखबर आहारारा लाइभ अपडेट सहारा क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय