
१० माघ, काठमाडौं। डिल्लीबजारको आनन्द गार्मेन्टबाट कपडा चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ क्षेत्रपाटी बस्ने २८ वर्षीय निरज मोदी, कालिमाटी बस्ने ४६ वर्षीय सुरेश सहनी, सिन्धुपाल्चोक घर भइ काठमाडौं बस्ने ३३ वर्षीय पदमलाल श्रेष्ठ र भारतको बिहार भइ काठमाडौं गौशाला बस्ने ५३ वर्षीय अबदुल रहमन छन् ।
उनीहरुलाई प्रहरी वृत्त मालिगाउँले पक्राउ गरेको हो । यो समूहले सौरभ तेहियाले सञ्चालन गरेको गार्मेन्टबाट कपडाहरु चोरी गरेको आरोप छ ।
उनीहरुबाट प्रहरीले चोरी गरेको ७१ थान तन्ना, २१ थान सिरकको खोल र सोफा रोल ५ थान बरामल गरेको छ । पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4