
१० माघ, जनकपुरधाम । सिरहामा आठ दिनदेखि हराइरहेकी एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका-७ मरेवाकी ६५ वर्षीया देवी यादवको शव फेला परेको हो ।
उनको शव कर्जन्हा नगरपालिका-६ बेतहास्थित खलिल राइनको पोखरीमा बिहीबार पौने ४ बजे फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
प्रहरीका अनुसार उनी २ माघको बिहान ६ बजेदेखि हराइरहेकी थिइन् । खोज तलासको क्रममा उनको शव बिहीबार पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4