
१० पुस, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारी हुन थालेको बताएका छन् ।
बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
‘क्रान्तिका, परिवर्तनका उपलब्धिहरू गुम्ने खतरा भयो, प्रतिगमनकारी शक्तिहरू फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छ,’ यादवले भने ।
साथै उनले एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताउँदै अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरूबीचको एकता रहेको जिकिर गरे ।
एकतासँगै परिवर्तनविरोधी तागतकाविरुद्ध संघर्षको आवश्यकता रहेको जिकिर गरे ।
‘एकता, संघर्ष र रुपान्तरण तीन भाग हुन्छ । एकता, संघर्ष र रुपान्तरणको माध्यमबाटै दुनियाँ अघि बढ्छ । अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरूबीचको एकता हो,’ यादवले भने ।
अध्यक्ष यादवले मधेशवादी दलहरू फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा भएको पनि बताएका छन् ।
प्रतिक्रिया 4