+
+

अस्कर अवार्डको मनोनयन घोषणा : ‘एमिलिया पेरेज’ सर्वाधिक १३ विधामा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते २१:३३
अस्कर ट्रफी र एमिलिया पेरेज फिल्मको एक दृश्य जुन सर्वाधिक १३ विधामा छनोट भएको छ ।

काठमाडौं । हलिउडमा फैलिएको डढेलोको कारण ढिलाइ भैरहेको ९७ औं अस्कर अवार्डको मनोनयन अन्ततः घोषणा भएको छ । नेपाली समयानुसार विहिबार बेलुका २३ विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

‘एमिलिया पेरेज’ सर्वाधिक १३ विधामा मनोनयन भएको छ । ‘द ब्रुटालिस्ट’ र ‘विकेड’ समान १० विधामा छनोट भएका छन् । ‘अ कम्प्लिट अननन्’ र ‘कन्क्लेभ’ समान ८ विधामा छनोट भएका छन् ।

मनोनयन सूचीमा नेटफ्ल्क्सिका १६ फिल्म छानिएका छन् । ए-ट्वान्टी फोरका १४, युनिभर्सलका १३, फोकस फिचरका १३ र सर्चलाइटका १० फिल्म मनोनयन भएका छन् । मनोनयन हेर्दा एसियाका लागि धक्का लागेको देखिन्छ । अन्तर्राष्ट्रिय फिचर मात्र होइन, शीर्ष कुनै पनि विधामा एसियाली फिल्म छनोट भएका छैनन् ।

२८ जनाको ज्यान जाने गरि हलिउडको घर मानिने लस-एन्जलसमा फैलिएको डढेलोको कारण अस्करको मनोनयन घोषणा कार्यक्रम २ पटक स्थगित भएको थियो । तर, मुख्य अवार्ड वितरण कार्यक्रम चाहिँ मार्च २ मै डल्बी थिएटरमा हुने जनाइएको छ । यस्तो छ शीर्ष विधाको मनोनयन सूची :

उत्कृष्ट फिल्म
अनोरा
द ब्रुटालिस्ट
अ कम्प्लिट अननन्
कन्क्लेभ
ड्युन ः पार्ट २
एमिलिया पेरेज
आइएम स्टिल हेयर
निकेल ब्वायज
द सब्सटेन्स
विकेड

उत्कृष्ट निर्देशक
सीन बेकर– अनोरा
ब्राडी कर्बेट– द ब्रुटालिस्ट
जेम्स म्यानगोल्ड– अ कम्प्लिट अननन्
ज्याक अडियर्ड– एमिलिया पेरेज
कोरेल फार्गेट– द सब्सटेन्स

अन्तर्राष्ट्रिय फिचर
आइएम स्टिल हेयर– ब्राजिल
द गर्ल विथ द निडल– डेनमार्क
एमिलिया पेरेज– फ्रान्स
द सिड अफ द सेक्रड फिग– जर्मनी
फ्लो– लात्भिया

उत्कृष्ट अभिनेता
एड्रिन ब्रोडी– द ब्रुटालिस्ट
टिमोथी चालमेट– अ कम्प्लिट अननन्
कोलम्यान डोमिंगो– सिङ सिङ
राल्फ फिनेस– कन्क्लेभ
सेबास्टियन स्टेन– द अपरेन्टिस

उत्कृष्ट अभिनेत्री
सिन्थिया एरिभो– विकेड
कार्ला सोफिया गास्कोन– एमिलिया पेरेज
मिकी म्याडिसन– अनोरा
डेमी मुर– द सब्सटेन्स
फर्नान्डो टोरेस– आइएम स्टिल हेयर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?