+

यू-१९ विश्‍वकप छनोटको तयारीका लागि क्यान युथ कप हुने

२०८१ माघ  १० गते २०:५९ २०८१ माघ १० गते २०:५९
यू-१९ विश्‍वकप छनोटको तयारीका लागि क्यान युथ कप हुने

१० माघ, काठमाडौं । आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले युथ कपको आयोजना गर्ने भएको छ ।

आगामी माघ १५ देखि २२ सम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा युथ कप हुनेछ । यसका लागि प्रारम्भिक रूपमा क्लोज क्याम्पमा समावेश भएका यू-१९ का ३६ खेलाडीहरूलाई तीन टोलीमा समावेश गरिनेछ ।

तीन टोलीहरूलाई नेपाल यू-१९ रातो, नेपाल यू-१९ हरियो र नेपाल यू-१९ निलो नाम दिइएको छ । यिनै टोलीहरूको बीचमा डबल राउण्ड रोबिन लिग खेलाइनेछ ।

यु-१९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदैछ । नेपाल सहित अफगानिस्तान, ओमान, यूएई र हङकङको सहभागिता रहने छनोटको शीर्ष स्थानमा रहने टोली २०२६ मा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।

प्रथम चरणमा छनोट गरिएका यु-१९ पुरुष खेलाडीहरूमा अभिषेक तिवारी, दिलसाद अलि, सोहेल कुँवर, नरेन भट्ट, सुर्यान्सु कोइराला, रोशन विश्वकर्मा, सन्तोष यादव, दयानन्द मण्डल, अपराजित पौडेल, सिब्रिन श्रेष्ठ, राजेश बोहरा, नीरज कुमार यादव, अफ्रुदीन रेन, सौजन प्रसाद घिमिरे, दीपक सेरला, युवराज खत्री, आशिस लुहार, सचिन भट्ट, रुहुल हक, चन्दन राम, कृतिक कामत, विपिन प्रसाद शर्मा, प्रतीक पोखरेल, साहिल पटेल, रोहन साह, अरबिन घर्ती, रोहित चन्द, सुदिप अर्याल, दर्श सोनार, क्षितिज थापा मगर, अमर मिश्र, भोपाल दंगाल, अशोक धामी, नितिस पटेल, आसिक राना मगर र नितेश कुमार छन् ।

क्यान युथ कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय