१० माघ, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन नीरज तामाङ एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।
पार ६९ को हिमालयन गल्फ कोर्समा आज नीरजले आज १-अन्डर ६८ को कार्ड पार्दा समग्रमा ५-अन्डर १३३ को स्कोर खडा गरे। उनले भुवनकुमार रोक्कालाई एक स्ट्रोकले पछि पारेका हुन्। समग्रमा ४-अन्डर १३४ को स्कोरमा भुवन दोस्रो स्थानमा कायमै रहेका छन्। उनले लगातार दोस्रो दिन २-अन्डर ६७ खेले।
समग्रमा इभन-पार १३८ को स्कोर बनाएका धन बहादुर थापा र सञ्जयलामाले संयुक्तरुपमा तेस्रो स्थानमा ३६ होलको खेल सकाए। धन र सञ्जय दुवैले १-ओभर ७० को स्कोर बनाए। जयराम श्रेष्ठ र एमेच्योर सुन्दर राई संयुक्तरुपमा पाँचौं स्थानमा रहे। उनीहरूले समग्रमा २-ओभर १४० स्कोर गरे। आज जयरामले २-ओभर ७१ र सुन्दरले १-ओभर ७० मा खेल सकाए।
समग्रमा ४-ओभर १४२ सहित कृष्णमान राजबाहक, विष्णुप्रसाद शर्मा र रामे मगरले संयुक्त रूपमा सातौं स्थान बाँडे। कृष्णमानले १-अन्डर ६८, विष्णुले२-ओभर ७१ र रामेले ४-ओभर ७३ मा दोस्रो दिनको खेल सकाए। समग्रमा ५-ओभर १४३ को स्कोरमा रवि खड्का दशौं स्थानमा छन्। उनले आज१-अन्डर ६८ को स्कोर कार्ड बनाए।
लगातार दोस्रो दिनका लिडर नीरजले फ्रन्ट नाइनमा १-अन्डर ३३ खेले । उनले चौथो र आठौं होलमा बर्डी प्रहार गरे र सातौं होलमा एक सट खेर फाले । यसपछि १०औं होलमा बर्डी प्रहार गरेपनि चार पारको १३औं होलमा ट्रीपल बोगीको समाना गरे। यसपछि सम्हालिँदै १७औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन-पार ३५ मा पूरा गरे।
भुवनले पहिलो नौ होलमा पार जोगाउँदै फ्रन्ट नाइन इभन-पार ३४ मासकाए। ११औं होलमा बर्डी प्रहार गरे तर १४औं होलमा डबल बोगी खेपेे।यसपछि १५औं देखि १७औं होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै ब्याकनाइन २-अन्डर ३३ मा सकाए।
एमेच्योरतर्फ सुन्दर राईले सुमन परियारलाई ६ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहे। सुन्दर समग्रमा २-ओभर १४० को स्कोरमा शीर्षस्थानमा छन्। आज १-अन्डर ६८ खेलेका सुमनले समग्रमा ८-ओभर १४६ स्कोर सहित दोस्रो स्थानमा उक्लिए।
३६ होलको समाप्तीमा १५-ओभर १५३ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाएका छन्। प्रोतर्फ नेपाल नम्बर एक भुवन नगरकोटी सँगै तोरण विक्रम शाही, प्रदीप कुमार लामा, सूर्य प्रसाद शर्मा, भुबहादुर गुरुङ, बलभद्र राई, युवराज भुजेल, टंक बहादुर कार्की, दीपकमगर, दिनेश प्रजापति, दल बहादुर लामा र किसन कालीराज सुनारले कट बनाए।
एमेच्योरतर्फ सुरेश तामाङ, प्रज्वल गुरूङ, संसार विके र जिवारामगुरूङले अन्तिम १८ होलको खेलको लागि स्थान सुरक्षित गरे।
५४ होलको तीन दिने प्रतियोगितामा कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७२ हजार प्राप्त गर्नेछन। शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्ने छन।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्य नेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगिता अन्तर्गत शनिबार प्रो-एम इभेन्ट हुनेछ।
प्रतिक्रिया 4