+
+

जन्मदिनमा पशुपतिका असहायलाई खाना खुवाए दुर्गेशले, १ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते २१:१७

काठमाडौं । संगीतकर्मी दुर्गेश थापाले विहिबार जन्मदिन मनाए । संयोगवश उनका ४ वर्षे छोरा दीक्षितको पनि एकैदिनमा जन्मदिन । यो अवसरमा सामाजिक कार्य गर्दै दुर्गेशले जन्मदिन मनाएका छन् ।

उनले पशुपतिनाथ मन्दिर क्षेत्रको पशुपति महांकाल युवा समाज पुगेर अनाथ, असहाय र विपन्नलाई खाना खुवाए । झण्डै १०० असहायले खाना खाएको दुर्गेशले बताए ।

सोही अवसरमा उक्त परोपकारी समाजका लागि उनले १ लाख रुपैयाँ नगद हस्तान्तरण गरे । जन्मदिन मनाउन छोरासहित उनी पशुपतिमा गएका थिए । यसअघि श्रीमतीको जन्मदिन मनाउन पनि त्यहाँ गएका थिए ।

यतिबेला दुर्गेशको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ हिट भैरहेको छ । नेपालसहित केही मुलुकको युट्युव ट्रेन्डिङमा यो गीतको स्ट्रिमिङ भैरहेको छ । यो खुसीमा गीतको १ करोड भ्यूज पुगेपछि पुनः पशुपति पुगेर खाना वितरण गर्ने उनको तयारी छ । विहिबारसम्म यो गीतलाई ८० लाख पटक हेरिएको छ ।

समय समयमा विवादमा आइरहने दुर्गेशले हालैको एक कार्यक्रममा आफू सुध्रिएको बताएका थिए । उनले पछिल्लो समय फिल्मका गीतमा संगीत दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?