+
+

‘सारंग’को ट्रेलर : पारिवारिक कलहले बाल मनोविज्ञानमा पार्ने असरको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते २१:२९

काठमाडौं । ऋचा शर्माको शीर्ष अभिनय रहेको फिल्म ‘सारंग’को ट्रेलर युट्युवमा सार्वजनिक भएको छ । २ मिनेट २३ सेकन्ड रनटाइमको ट्रेलरले पारिवारिक झगडाले बालबालिकामा पर्ने मनोवैज्ञानिक असरलाई चित्रण प्रयत्न गरिएको छ ।

शर्माले आमाको भूमिका निर्वाह गरेकी छन् । ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । फिल्मका दुई बाल कलाकारको अभिनय पनि प्रशंसनीय देखिन्छ ।

प्रशान्त तामाङको पटकथा लेखन र निर्देशन रहेका फिल्ममा उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित, मणि राई, अनिशा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की लगायतको अभिनय छ ।

माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?