+

लोकेश बमको शतकमा पूर्वाञ्चलमाथि त्रिविको फराकिलो जित

२०८१ माघ  १० गते २२:४९ २०८१ माघ १० गते २२:४९
लोकेश बमको शतकमा पूर्वाञ्चलमाथि त्रिविको फराकिलो जित

१० माघ, काठमाडौं । काठमाडौंमा जारी जय नेपाल कप अन्तरविश्वविद्यालय टी२० क्रिकेटमा त्रिभुवन विश्वविद्यालयले फराकिलो जित निकालेको छ । त्रिविले पूर्वाञ्चल विश्वविद्याललाई १६७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

त्रिविले दिएको २१२ रनको बलियो लक्ष्य पछ्याएको पूर्वाञ्चल ८.५ ओभरमा ४४ रनमा समेटियो । कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको त्रिविले लोकेश बमको विस्फोटक शतकमा २० ओभरमा २ विकेटको क्षतिमा २११ रन बनाएको थियो । लोकेशले ५३ बलमा अविजित १०३ रन बनाएका थिए । आइस भट्टराईले ८८ रन बनाए ।

आजै भएको पहिलो खेलमा भारतको लखनउ विश्वविद्यालयले बिहार विश्वविद्यालयलाई ५ विकेटले पराजित गरेको थियो । बिहारले दिएको १०७ रनको लक्ष्य लखनउले १८.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।

जय नेपाल कप टी२० काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ ।

जय नेपाल अन्तर विश्वविद्यालय क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय