+
+

ट्रम्पलाई झट्का, नागरिकता सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ८:०२

११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ ।

सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका हुन् ।

ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरेपछि कानुनी रुपमा अमेरिकी नागरिक नभएका आमा–बुवाबाट जन्मिएका बच्चालाई जन्मसिद्ध नागरिकता नदिन कार्यकारी आदेश जारी गरेका थिए । यसविरुद्ध अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा ट्रम्पको नागरिकता सम्बन्धी आदेश असंवैधानिक भएको तर्क प्रस्तुत गरिएको थियो ।

त्यसमा प्रारम्भिक सुनुवाइ पछि अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त आदेशको पुष्टि समाचार एजेन्सी रोयटर्सले विहीबार प्रकाशित एक लेखमार्फत् पनि गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?