+
सभापति कप फुटबल :

सभापति कपको खेल समय परिवर्तन, आज मच्छिन्द्र र एपीएफ खेल्दै

२०८१ माघ  ११ गते ८:२७ २०८१ माघ ११ गते ८:२७
सभापति कपको खेल समय परिवर्तन, आज मच्छिन्द्र र एपीएफ खेल्दै

११ माघ, काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा आज पनि एउटा मात्रै खेल हुने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन् ।

खेल साँझ साढे ५ बजे सुरू हुने छ । यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबारदेखि परिमार्जन गर्दै फ्लड लाइटमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।

सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जीत निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ । बिहीबार भएको उद्घाटन खेलमा संकटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३–० को प्रभावशाली जित दर्ता गरेको थियो ।

आज शुक्रबार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । उपाधि विजेताले नगद २६ लाख पुरस्कार पाउँदा उपविजेता हुनेले १३ लाख पाउने छ ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय