+
+

किसान महासंघले तोक्यो वडादेखि जिल्ला तहसम्म अधिवेशनको मिति

नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघले जिल्ला तहसम्मको महाधिवशेन तालिका सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १४:४७

११ माघ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघले जिल्ला तहसम्मको महाधिवशेन तालिका सार्वजनिक गरेको छ ।

वडा अधिवेशन २१ माघ, गाउँपालिका/नगरपालिका उपमहानगर महानगरको अधिवेशन २५ माघमा गर्ने महासंघको केन्द्रीय समितिले निर्णय गरेको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र ३० माघ र प्रतिनिधि सभा क्षेत्रमा ३ फागुन र जिल्ला अधिवेशन ७ फागुनमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

प्रदेश र केन्द्रीय महाधिवेशनको मिति भने टुंगो लागेको छैन । पार्टीले यही वर्षभित्र महाधिवशेन गर्न सक्न भातृ संस्थाहरुलाई निर्देशन दिएको छ । किसान संघको हालसम्म पहिलो महाधिवेशन सम्म भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?