+

विश्‍वकपको प्लेअफसम्म आइपुग्दा पूजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर

२०८१ माघ  ११ गते १३:२९ २०८१ माघ ११ गते १३:२९
विश्‍वकपको प्लेअफसम्म आइपुग्दा पूजा महतो बनिन् सर्वाधिक विकेट लिने बलर

११ माघ, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् ।

शुक्रबार भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिएकी हुन । पूजाले ४ खेलमा ९ विकेट लिइन् ।

लिस्टको दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदा ७ विकेटका साथ छन् भने तेस्रो स्थानमा स्कटल्याण्डकी मासी माइकेरा, चौथो र पाँचौंमा भारतका वैष्णवी शर्मा र आयुषी शुक्ला छन् ।

अब सुपर सिक्सदेखि सेमिफाइनलका खेलहरू बाँकी नै भएकाले अन्य खेलाडीहरू सूचीमा माथि आउनेछन् । हालका लागि पुजा शीर्षस्थानमा छिन् ।

मलेसियालाई नेपालले ४५ रनमा अलआउट गरेको छ । पूजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । नेपाललाई आज सान्त्वना जित निकाल्ने अवसर छ ।

पुजा महतो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय