+
+

महाभारतको जंगलमा चार दिनपछि हेलिकोप्टरबाट आगो निभाइँदै (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १३:४८

११ माघ, काभ्रे । गत मंगलबार दिउँसो २ बजेबाट काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ ।

आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीका अनुसार शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

बेथानचोककै वडा नम्बर २ मा पर्ने गुवाभन्ज्याङस्थित पार्कमा बनाइएको पाखेरीबाट पानी लिएर हेलिकोप्टरले आगलागी भएको स्थानमा खन्याउन थालेको हो ।

सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भइरहेको अध्यक्ष अधिकारीले बताए ।

वन्यजन्तु र जडिबुटीका लागि प्रख्यात मानिने यस जंगलको एक सय हेक्टरभन्दा बढी भू–भाग आगलागीबाट सखाप भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?