
११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सकिएपछि अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।
प्रतिवादीका तर्फबाट अधिवक्ता सुशिल पन्तको बहस जारी भएको अदालत स्रोतले अनलाइखबरलाई जानकारी दिएको छ ।
थुनछेक बहस सकिएपछि आदेश आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4