+

आफ्नो बलिङबारे पुजाले भनिन्- लेडी बुमराहजस्तै हुन चाहन्छु

२०८१ माघ  ११ गते १४:४७ २०८१ माघ ११ गते १४:४७
आफ्नो बलिङबारे पुजाले भनिन्- लेडी बुमराहजस्तै हुन चाहन्छु

११ माघ, काठमाडौं । नेपाली यू-१९ महिला टिमकी कप्तान पुजा महतोले बलिङमा भारतीय पेस बलर जसप्रित बुमराहबाट प्रभावित भएको प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार मलेसियासँगको खेलमा प्लेयर अफ दि म्याच चुनिएपछिको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले आफूलाई लेडी बुमराह हुन मन लागेको पनि बताइन् ।

आजको शानदार बलिङबारे पत्रकारको प्रश्‍नमा उनले भनिन्, ‘मलाई बुमराह निकै मनपर्छ, त्यस्तै खालको बलिङ गर्ने प्रयास गर्छु । म लेडी बुमराह हुन चाहन्छु।’

मलेसियासँगको प्लेअफ खेलमा नेपालले जित निकाल्दै सकारात्मक रूपमा आईसीसी यू-१९ महिला विश्‍वकपको यात्रा सकाएको छ । नेपाल समूह चरणका तीनोटै खेलमा पराजित भएको थियो ।

जितपछि पुजाले आफ्नो देशका लागि धेरैभन्दा धेरै राम्रो प्रदर्शन गर्न प्रयास गरिरहने समेत बताएकी छन् । ‘म कप्तान भएपछि मैले अगाडिबाट लिड गर्नुपर्छ, गर्न सकें जस्तो लाग्छ’ उनले भनिन्, ‘आगामी दिनमा पनि नेपालका लागि धेरै राम्रो गर्ने प्रयास गर्नेछु।’

साथै उनले विश्‍वकपको सबैभन्दा राम्रो क्षण यसै जितलाई मानेको बताइन् । हाम्रा लागि घर जानुअघि जितको अवसर थियो र यो नै प्रतियोगिताको सबैभन्दा यादगार पल रहनेछ’ उनले भनिन् ।

पुजा महतो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय