+

नवौं कृष्ण ध्वज स्मृति टेबल टेनिस माघ १५ देखि

२०८१ माघ  ११ गते १६:२० २०८१ माघ ११ गते १६:२०
नवौं कृष्ण ध्वज स्मृति टेबल टेनिस माघ १५ देखि

११ माघ, काठमाडौं । रेड टायल्स प्रालीको आयोजनामा यही माघ १५ देखि १८ गतेसम्म नवौ कृष्ण ध्वज स्मृति टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको हो । प्रतियोगिता लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतियोगितामा देशभरका विद्यालय, कलेज तथा क्लवहरुबाट करिब ३५० खेलाडीहरु सहभागी हुने आयोजक रेड टायल्सका अध्यक्ष सुरज केसीले जानकारी दिए । प्रतियोगितामा उपत्यकाबाहिर र दार्जिलिङका स्कुलबाट पनि खेलाडीहरु आउने आयोजकले जनाएको छ ।

बाहिरबाट आउने खेलाडीलाई ट्रान्सपोटेसनको व्यवस्था गरिएको छ । टेबलटेनिसमा मुख्य प्रशिक्षक मोहनदास बासुकलाले स्कुल लेभलको प्रतियोगिता नै आधार रहेकोले यस्ता प्रतियोगिताबाट नयाँ खेलाडीहरु आउने सम्धावना रहेको बताए ।

प्रतियोगितामा विद्यालय तर्फ यु-१० व्वाइज सिंगल्स, यु-१० गर्ल्स सिंगल्स, यु-१२ ब्वाइज सिंगल्स, यु-१२ गर्ल्स सिंगल्स, यु-१४ व्वाइज सिंगल्स, यु-१४ गर्ल्स सिंगल्स, यु-१६ व्वाइज र यु-१६ गर्ल्स सिंगल्स गरेर ८ स्पर्धा समावेश छन् भने कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्स गरेर २ स्पर्धा छन् ।

मेन्स ओपन र वमन्स ओपेन राख्न प्रयास गरपनि स्पोनसिर पाउन कठिन भएकोले समावेश नगरिएको र अर्को संस्करणदेखि ओपन विधा पनि समावेश गरेर ग्राण्ड लेभलमा गर्ने सुरज केसीले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय (सेमिफाइनलमा पराजित दुवै खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसपटक देखि मेन्स् भेट्रान्स ४०+ सिंगल्स स्पर्धा पनि समावेश गरिएको सुरज केसीले बताए ।

प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो, सेमिफाइनलमा पराजित दुवै खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र साथै नगद पुरस्कार क्रमशः१० हजार, ५ हजार र ३ हजार पाउनेछन् ।

कृष्ण ध्वज स्मृति टेबल टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय