+
+

अस्थिरता मच्चाउने तत्वहरूले सरकार परिवर्तन हुन्छ भनेर हल्ला चलाएका छन् : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १५:५२

११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भनेर चलाइएको हल्ला अर्थहीन भएको बताएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता मच्चाउने तत्वहरूले सरकार परिवर्तन हुन्छ भनेर हल्ला चलाएको बताए ।

सरकार परिवर्तन हुन्छ भनेर चलाएको हल्लाको पछि नलाग्न उनले आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?