+

एन्फा महिला लिग: इन्जुरी टाइममा अमृताले गोल गरेपछि पुलिस क्वालिफायर टु मा

२०८१ माघ  ११ गते १७:०० २०८१ माघ ११ गते १७:००
एन्फा महिला लिग: इन्जुरी टाइममा अमृताले गोल गरेपछि पुलिस क्वालिफायर टु मा

११ माघ, काठमाडौं । अमृता जैसीले खेलको अन्तिम मिनेटमा गरेको एक मात्र गोल मद्दतमा बागमती युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला लिगको क्वालिफायर टु मा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा शुक्रबार भएको इलिमिनेटरमा विभागीय टोली पुलिसले बागमती युथ क्लबलाई १-० ले पराजित गरेको हो । निर्धारित समयमा २ मिनेट थपिएको इन्जुरी टाइमको पनि अन्तिम क्षणमा मोनिका पुलामी मगरले दायाँ साइडबाट उपलब्ध गराएको पासमा अनमार्क रहेकी अमृताले पेनाल्टी बक्सबाट हेडमार्फत गोल गरिन् ।

महिला लिगमा बागमतीविरूद्ध पुलिस अपराजित रहेपनि इलिमिनेटरमा जित निकाल्न निकै संघर्ष गर्नुपर्‍यो । यसअघि लिगको पहिलो चरणमा पुलिसले बागमती युथ क्लबलाई १-० ले पराजित गरेको थियो । त्यसपछि सुपर लिगको पहिलो खेलमा २-० को जित हात पारेको पुलिसलाई अर्को खेलमा बागमतीले गोलरहित बराबरीमा रोकेको थियो ।

अब पुलिसले फाइनल प्रवेशका लागि एपीएफ क्लब र त्रिभुवन आर्मी एफसीबीच हुने क्वालिफायर वानको पराजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ ।

एपीएफ र आर्मीबीच शनिवार क्वालिफायर वान हुनेछ र यस खेलको विजेता सिधै फाइनल प्रवेश गर्नेछ ।

एन्फा महिला राष्ट्रिय लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय