
११ माघ, काठमाडौं । क्रोएसिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको महारभारत गाउँपालिका–२ का ४० वर्षीया लालिमाया दर्लामी छिन् । उनलाई काठमाडौं काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेको हो ।
उनले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी दर्लामीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4