+
+

ज्येष्ठ राजनीतिज्ञ सभामा रहने व्यक्तिको नाम संकलन गर्न कांग्रेसका तीन नेतालाई जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १७:००

११ माघ, काठमाडौं । नेपाली कांग्रेसको विधान अनुसार गठन हुने ज्येष्ठ राजनीतिक सभामा रहने व्यक्तिहरूको पहिचान गरी केन्द्रलाई नाम सिफारिस गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, तारामान गुरुङ र हरिशरण नेपालीलाई उक्त जिम्मेवारी दिइएको हो ।

ज्येष्ठ राजनीतिज्ञ सभामा रहने व्यक्तिहरुको नाम सिफारिस गर्दा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । लोकतान्त्रिक आन्दोलनमा दुःख कष्ट सहेका, प्रतिकूल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि क्रियाशील व्यक्तिहरु हुनुपर्ने मापदण्ड बनाइएको छ ।

नामहरु संकलन गर्दा जिल्लामा आवश्यक समन्वय गर्न तीन नेताहरुलाई जिम्मेवारी दिइएको छ । उक्त सभा सभापतिको नेतृत्वमा हुने विधानको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?