+
+

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनले गति लियो : पर्यटन बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १७:०३

११ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वभरि प्रमुख गन्तव्यका रूपमा चिनाउन अन्तर्राष्ट्रिय प्रवर्द्धनको कामले गति लिएको जनाएको छ ।

बोर्डले लन्डनमा आयोजित एडभेन्चर ट्राभल शो, नेदरल्यान्ड्सको भ्याकेन्टीबर्स, जर्मनीको सीएमटी, स्पेनको फिटुर, भारतको ओटीएम, र फिनल्यान्डको माट्का जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेलामा सक्रिय सहभागिता जनाएको छ ।

यी कार्यक्रमले साहसिक यात्रा, सांस्कृतिक सम्पदा र दिगो पर्यटनजस्ता नेपालका सम्पदा उजागर गर्न महत्त्वपूर्ण मञ्चका रूपमा काम गरेको समेत बोर्डको भनाइ छ ।

बोर्डका अनुसार मेलामा नेपालका पर्यटन कम्पनीहरूले उत्साहजनक सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?