+
+

अखिल क्रान्तिकारीको अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गर्ने, महासचिवमा ८ जनाले दिए उम्मेदवारी

अध्यक्षमा उम्मेदवारी दिनेहरूमा उपदेशकुमार यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राई छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १८:१२
अध्यक्षका दाबेदारहरू

११ माघ, काठमाडौं । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अध्यक्षमा उम्मेदवारी दिनेहरूमा उपदेशकुमार यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राई छन् । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् । अध्यक्षका अर्का उम्मेदवार बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट सापकोटाले उम्मेदवारी दिएका छन् । पौडेल उपमहासचिव वर्षमान पुन पक्षका हुन् भने राई अर्का उपामहासचिव जनार्दन शर्मा नजिक छन् ।

उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा ८ जनाले उम्मेदवारी दिएका छन् ।

महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्ञिव फुँयाल उम्मेदवार बनेका छन् ।

२४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य ४८, केन्द्रीय सदस्य १६२ जनाको लागि निर्वाचन हुनेछ ।

भोलि शनिबार नयाँ कमिटीका लागि मतदान हुनेछ ।

उम्मेदवारको अन्तिम नामावलीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?